१२ कार्तिक २०७६, काठमाडौं
बलात्कार आरोपमा अखिल केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्।
पीडितको उजुरीपछि राईलाई महानगरीय प्रहरी परिसरले मंगलबार बिहान पक्राउ गरेको हो।
अन्नपूर्ण पोष्टले लेखेअनुसार परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार १८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको आरोप लगाएकी छिन्।
पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।