कश्मीरमा ५ जनाको गोली हानी हत्या



१३ कार्तिक २०७६, काठमाडौं

भारत प्रशासित कश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या भएको छ।

घटनामा एक जना घाइते भएको बताइएको छ। गएराति करीब ९ बजे पाँच मजदुरको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ। मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न।

हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन्। आतंकवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको समाचारमा जनाइएको छ।

घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जम्मू–कश्मीरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले कश्मीरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्