१३ कार्तिक २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली सघन उपचार कक्ष (आइसियू)मा भर्ना भएका छन्।
ओली नियमित चेकजाँचका लागि बुधबार बिहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।
चेकजाँचपश्चात् चिकित्सकले ओलीलाई आइसियूमा भर्ना गरेको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको बताइएको छ।
ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ। यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल गएका र अवस्था सामान्य रहेको दाबी गरेका छन्।
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको दुई महिनाअघि सिंगापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।
मृगौला प्रत्यारोपणपछि ओलीले नियमित औषधि खाँदै आएका छन्।
फाइल तस्वीर
यो पढ्नुभयो?