विरोध प्रदर्शनमा २० को मृत्यु



१३ कार्तिक २०७६, काठमाडौं

चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको ज्यान गएको छ।

गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको उक्त समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ।

विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन्। उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ।

कर्फ्यू लगाइएको अवस्थामा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ। गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए।

सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्