सलमान खान भन्छन्, ‘म किसिङ र न्यूड सिनको लागि बनेकै होइन’



१४ कार्तिक २०७६, काठमाडौँ

सलमान खान बलिउडका किङ्ग मानिन्छन् । उनले खेलेका चलचित्र प्राय असफल हुदैँनन् । त्यसैले उनको क्रेज पनि लोभलाग्दो रहेको छ । सलमान खानले कुनैपनि चलचित्रमा किसिङ सिन दिने गरेका छैनन् ।

सलमानले धेरै अन्तवार्तामा आफ्नो कुनैपनि चलचित्रमा किसिङ सिन नदिने बताएका छन् । सलमान आफ्नो चलचित्रमा साधारण मात्र रोमान्स होस् भन्ने चाहन्छन् । अझ उनको चाहना उनले अभिनय गरेका चलचित्र सबैसँग बसेर हेर्न मिल्ने खालको होस् भन्ने छ ।

उनले आफू किसिङ सिन र न्यूडिटीको लागि नबनेको स्पष्ट पारेका छन् । उनले कुनैपनि चलचित्रमा न्यूड र किस सिन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्