१४ कार्तिक २०७६, काठमाडौं
तपाईँ कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ? हुनुहुन्छ भने याद गर्नुस् एक दिनमा चार कपभन्दा बढी नपिउनुस्। बढी कफी पिउँदा निद्रा लाग्दैन।
त्यत्ति मात्रै नभएर मानसिक तथा शारीरिक समस्या पनि बढाउने सम्भावना हुन्छ। यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ।
कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले खुलाएको छ।
अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार, कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन। त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौं। त्यसको जानकारी पनि हुँदैन यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन्छौँ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन। सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ। त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ।