१४ कार्तिक २०७६, काठमाडौँ
नायिका गरिमा पन्त विवाहपछि चलचित्र क्षेत्रबाट टाढिएकी हुन् । उनी श्रीमानसँग बेल्जियममा बस्दै आएकी छिन् । यस्तै अहिले भने गरिमा आफ्ना श्रीमानसँग नेपाल आएकी छिन् । गरिमा लामो समयपछि नेपाल आएकी हुन् ।
उनले आफू चलचित्र क्षेत्रबाट टाढिन कहिल्यै नसक्ने बताउँछिन् । उनले चलचित्रमा काम नगरेपनि यो क्षेत्रको बारेमा सधैँ नै अपडेट रहिरहने गरेको बताइन् । यस्तै गरिमाले आफ्नो वैवाहिक जीवन निकै खुसीमय रहेको पनि बताइन् ।
लामो समयपछि नेपाल आएर तिहार मनाउन पाउँदा पनि बेग्लै खुसी मिलेको उनले बताइन् । उनका श्रीमानले पनि लामो समयपछि आफ्नो देश फर्कदाँ खुसी लागेको बताए ।