१४ कार्तिक २०७६, काठमाडौँ
नायिका सिर्जना सुब्बा गर्भवती छिन् । उनको गर्भमा ७ महिनाको बच्चा छ । यस्तै गर्भवती अवस्थामा नायिका सुब्बाले फोटोसुट गराएकी छिन् ।
फोटोमा उनलाई निकै बोल्ड देखिएको छ । तस्बिरमा उनीसँगै उनका श्रीमानलाई पनि देख्न सकिन्छ । कतिपय सेलिब्रेट्रीहरु आमा भएपछि आफ्नो फिल्मी करियर संकटमा पर्छ भन्ने धारणा राख्छन् । तर सिर्जनाले गर्भावस्थामै पनि नाकट खेलिन् । उनले आमा बन्दा आफ्नो करियरमा केहि असर नपर्ने बताउँदै आएकी छिन् ।