१५ कार्तिक २०७६, काठमाडौँ
बलिउडका नाम चलेका कलाकारले एउटा चलचित्रबाट कति पारिश्रमिक लिन्छन् होला भन्ने सबैको चासोको विषय हो । बलिउडका सदावहार चर्चामा रहने अभिनेताले आफ्नो क्रेज र मेहेनत अनुसार पारिश्रमिक लिने गर्छन् । हेरौँ कुन अभिनेता एउटा चलचित्र मार्फत कति पारिश्रमिक पाउने गरेका छन् ।
वरुण धवन
बलिउडका चकलेटी अभिनेता वरुण धवनको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । उनले खेलेका प्राय चलचित्र बक्सअफिसमा असफल छैनन् । यस्तै पहिले वरुणले एक चलचित्रमा काम गरे बापत ५ देखि ७ करोड लिने गरेका थिए । तर अहिले उनको क्रेज बढेसँगै पारिश्रमिक पनि बढेको छ । अहिले वरुणले एक चलचित्र मार्फत १५ देखि १८ करोडसम्म लिने गरेका छन् ।
रणवीर सिंह
रणवीर सिंह बलिउडका महंगा अभिनेता हुन् । अझ उनलाई भर्सटाइल अभिनेता भन्न सकिन्छ । उनले पनि सुरुवाती दिनमा ५ करोड जति पारिश्रमिक लिने गर्थे । अहिले भने रणवीर एक चलचित्र गरे बापत १५ करोडसम्म लिने गर्छन् ।
अक्षय कुमार
अक्षय कुमार पनि महंगा अभिनेता हुन् । उनले एउटा फिल्मबाट ४० देखि ५० करोड कमाइ गर्छन् । कुनै फिल्मबाट उनले फिल्मले कमाइ गरेको आम्दानीको केही हिस्सा पनि लिने गर्छन् ।
अजय देवगण
अजय देवगणले एउटा चलचित्र मार्फत ४० देखि ५० करोडसम्म लिने गरेका छन् । उनको पनि डिमाण्ड बलिउडमा निकै हाई छ ।
ऋतिक रोशन
ऋतिक रोशन कम चलचित्रमा काम गर्छन् । तर उत्कृष्ट काम गर्छन् र त्यसैअनुसार पारिश्रमिक पनि लिने गरेका छन् । ऋतिक एउटा चलचित्र बापत ४० करोडसम्म पाउने गरेका छन् ।
आमिर खान
आमिर खान सेयरमा काम गर्ने गर्छन् । उनले चलचित्र खेल्नु अघि नै नाफाको ८० प्रतिशत लिने निधो गरेका हुन्छन् । दगंल चलचित्रबाट त उनले १०० करोडभन्दा धेरै पारिश्रमिक पाएका छन् ।
सलमान खान
सलमान पनि सेयरमा नै काम गर्ने गर्छन् । उनको पनि रेस ३ बाट १०० करोड भन्दा बढी पारिश्रमिक पाएका थिए । सलमानका चलचित्र बलिउडमा प्राय फ्लप हुदैँनन् ।
अमिताभ बच्चन
अमिताभ बच्चनको उमेरले ७५ पुगिसकेका छन् । उनले फिल्ममा आफ्नो भूमिका कति छ भन्ने आधारमा पारिश्रमिक लिने गर्छन् । उनले प्रति फिल्मबाट १२ देखि १५ करोड रुपैयाँसम्म लिन्छन् ।