१५ कार्तिक २०७६, काठमाडौँ
केही समय अघि छोरीको उपचारका लागि ऋषि धमलाकी श्रीमती एलिजा गौतम क्यानडा उडेकी थिइन् । उनले छोरीको उपचार सकेर मात्र नेपाल फर्कने बताएकी थिइन् । यस्तै केहीदिन अघि ऋषि पनि क्यानडा उडेका थिए ।
अहिले क्यानडामा धमला दम्पतीले निकै रमाइलो गरिरहेको छ । सामाजिक सञ्जालमा उनीहरुले क्यानडाको विभिन्न ठाउँहरु घुमेको तस्बिर सेयर गरिरहेका छन् । जहाँ धमला दम्पतीको रोमान्स पनि देख्न सकिन्छ ।