१६ कार्तिक २०७६, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहान ११ बजे सुरु भएको बैठकमा उप निर्वाचनका उम्मेदवारबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले कास्की क्षेत्र नम्बर २ र तीनवटा प्रदेशसभा सदस्यको उम्मेदवारको टुंगो लगाउने बताइएको छ।
त्यस्तै बैठकमा प्रधानमन्त्रीको थप स्वास्थ्य उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा पनि छलफल गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बैठकले एकताका बाँकी कामको टुंगो लगाउने छ।
फाइल तस्वीर