१७ कार्तिक २०७६, काठमाडौँ
नायिका ऋचा शर्माले आउँदो मसिंरमा विवाह गर्दैछिन् । उनले केही समय अघि आफूलाई घरबाट विवाहको लागि प्रेशर आइरहेको बताएकी थिइन् । ऋचाले आफूलाई पनि दुलही बन्ने चाहना भएको बताएकी थिइन् ।
यस्तै उनले आफ्ना प्रेमी दिपेक्ष्य चाडै नै सार्वजनिक गर्ने बताएकी छिन् । ऋचाका प्रेमी काठमाडौँमा रहेको लबिम मलका म्यानेजर पनि हुन् । ऋचाले विवाहको मिति भने सार्वजनिक गर्न चाहिनन् ।
उनले विवाह अघि आफ्ना केही नजिकका साथीलाई बोलाएर ब्याचलर पार्टी दिएकी छिन् । उनले पोखरामा दिएको पार्टीमा प्रियंका कार्की, केकी अधिकारी उपस्थित थिए ।