अमेजन जंगलका सुरक्षाकर्मीको गोली हानी हत्या



१७ कार्तिक २०७६, काठमाडौं

ब्राजिलको अमेजन जंगल सुरक्षार्थ खटिएका आदिवासी समुदायका एक युवाको गोली हानी हत्या गरिएको छ।

युवाको हत्यापछि अमेजन जंगलको सुरक्षा चूनौती बढेको अधिकारीहरुले बताएका छन्।

काठ तस्करहरुको एक समूहले आदिवासी युवा पाउलिन्होको गोली हानी हत्या गरेको हो। घटनामा अर्का एक युवा घाइते भएका छन्।

अमेजन जंगलको छेउमा रहेको मारान्हाओ राज्यको जंगलमा शिकार गरिरहेका उनीमाथि गोली प्रहार भएको थियो।

यसअघि पनि जंगलको सुरक्षार्थ खटिएका तीन सदस्यको हत्या गरिएको थियो।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्