१७ कात्तिक २०७६, काठमाडौं/डा. उत्तम खनाल
उम्लान गाउँका च्याम्से स्याल र रतुवा नामको ब्वाँसो आफूलाई निकै शक्तिशाली ठान्थे । एक दिन दुवैमा को शक्तिशाली भन्ने विषयको विवाद चर्कियो । उनीहरु मध्ये को ठुलो र बाठो भन्ने मुद्दाको टुंगो कसैले लगाउन सकेन । अन्तमा तिनीहरु फर्केर आए र आपसी समझदारी बनाएर अनुसार गाँउको क्षितिजतिर बरालिए । स्याल आफूलाई होसियार र बुद्धिमानी ठान्ने स्वभावले गर्दा अलि बढी आक्रामक झैं देखिन्थ्यो तर पनि ब्वाँसो तुलनामा त्यति आक्रामक थिएन । हेर्दा केहि सरल देखिए पनि दुबैको उद्देश्य आफूलाई शक्तिशालि सावित गराउनु नै थियो । समयलाई दुवैले चुनौतिका रुपमा हेर्दै आए तापनि आफ्नो बहशमा पारी परीक्षा दिने दाउ दुबैको थियो । गाउँको फेदिमा पुगेपछि दुबैले बाख्राको बथान देखे । चर्दै गरेका बाख्राको बथान देखेपछि स्याल र ब्वाँसोले आफूलाई नियन्त्रणमा राख्न नसक्ने अवस्थामा पुगे । शक्ति परिक्षणको अन्तिम निशाना तिनै निर्दोष बाख्रालाई बनाउने विषयमा दुबै राजी भए । जसले बाख्राको बथान छिटो सखाप बनाउन सक्ने छ त्यो नै विजयी हुने छ भन्ने कुरामा दुबैको मत मिल्यो । च्याम्से स्यालले दायाँ वायाँ नजर लगायो र सबै भन्दा सानो पाठोलाई ताकेर झम्टियो । विचार पाठो फुत्किने दाउ गर्दा गर्दै कालको मुखबाट मर्यो । स्याल रमाउदै पुरै उफ्रियो र ब्वाँसोलाई जिस्याउन थाल्यो । संयोगले गर्दा गोठालाहरुले स्याललाई देखे र छेकाटो हाली घेरामा पारे र उसको अगाडीको दुबै खुट्टा काटेर छाडी दिए । स्याल दगुर्न सकेन र लडीबुडी गरेर रुन थाल्यो ।
विरालाको चालमा ब्वाँसो त्यही स्यालको नजिकबाटै बाख्रा भएको ठाउँतिर गयो र स्यालले मारेको पाठो भेटायो । उसले त्यो मरेको पाठोलाई बोकेर बाख्राको छेवैमा राखिदियो । अनि आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै उक्त पाठोलाई सुम्सुम्याउन थाल्यो । गोठालाहरुले ब्वाँसोको चर्तिकला देखेर लखेट्न गए तर त्यो ब्वाँसो कतै नभागी पहिलेकै कर्ममा व्यस्त रह्यो । उसको त्यो हृदय स्पर्षी भावलाई देखेर गोठालाहरु पनि छक्क परे र जाई लागेनन् । यतिसम्म कि उसले दिन भरी त्यहि पाठोलाई ठाउँ सारी सारी कुरेर बस्यो । ब्वाँसोको यस्तो अचम्मको स्वभाव देखे पछि गोठालाहरुको मन पग्लियो । बेलुका रात परेपछि मरेको पाठोलाई काँधमा च्यापेर त्यो ब्वाँसो गोठालाहरुसँगै बाख्राको खोरमा पुग्यो ।
भोलिपल्ट उज्यालो भो । सदा झै त्यही ठाँउमा चरनको लागि बाख्राहरु पुगे । त्यसदिन बाख्राको गोठालाको रुपमा ब्वाँसोले पनि मानिसलाई सहयोग गर्यो । उसको यस्ता अचम्मको व्यवहारले गोठालाहरु पनि दंग परे । एउटा ब्वाँसो त्यसमाथि वफादार कुकुरको काम गरिरहेको थियो उसले गोठालाहरुसँगै बसेर । त्यसै समय एउटा डाँठले गाईलाई टोकिदियो । टोकाई खप्न नसकेर गाई उफ्रियो र भाग्यो । गाईको व्यवहारबाट गोठालो आजित भयो तर फकाउन सकेन । त्यहि मौकामा ब्वाँसोले गाईलाई मुसारी मुसारी कन्याउन थाल्यो । ब्वाँसोको सुम्सुम्याईबाट गाई भाग्न छोड्यो र ओकार्न थाल्यो । आफूले तह लगाउन नसकेको गाई उसले सजिलै बहसमा लिएको देखेर ब्वाँसोप्रति गोठालाहरु पनि आभारी भए । गोठालाहरुको मन जित्न सकेकाले गाई र बाख्रा भएको ठाउामा जनका लागि ब्वाँसोलाई कुनै समस्या थिएन । महिना दिन बित्न नपाउँदै उम्लान गाउँमा रतुवा नामको ब्वाँसोले सजिलै आफ्नो राज फैलायो ।
उ यति नम्र र भद्र भयो कि उसलाई हरेक गाँउलेले बोलाउन थाले । कारण के थियो भने कुनै गोठमा रतुवा पुग्न बिर्सियो भने त्यस दिन गोठका चौपायाहरुले घाँसपानी नखाई बसिदिन्थे । फस्वरुप हरेक मानिसले घर पशुपंछी रेखदेखका लागि रतुवालाई नबोलाई धरै थिएन । जब रतुवाले गाउँमा पहरा दिन थाल्यो त्यसपछि स्याल गिद्ध लगायत जंगली जनावरको आक्रमण घटेर सुन्य जस्तै भयो । रतुवाको गाउँ प्रवेशबाट त्यो अदभूत वातावरण सिर्जना भएको देखेर सिंगो बस्ती पुरै शान्त र सौम्य भयो । गाउामा कुनै विगविगी भएन । रतुवाको यस्तो अगम्य चर्तिकला देखेर स्वया यमराज पनि छक्क परे । उनलाई लागेको थियो रतुवाले गाउँ सखाप पारेर चौपाया मारिदिन्छ । अनि मरेका चौपायाले सजिलै यमलोकमा नाम लेखाउँने छन् । तर उनको अनुमान फेल खायो । त्यसपछि उनको दिमागले काम गरेन । उनी रिसले चुर हुँदै ब्रम्हलोक पुगेर बिन्ति गरेः प्रभु ! यो के हो ? हिंस्रक ब्वाँसो कसरी सबै मानिसको लोकप्रिय भयो ? के त्यो ब्वाँसो लाखौं मध्येको एउटा साकाहारी श्रीष्टी गरिएको थियो र ? यमराजका कुरामा ब्रम्हाजीले केवल मौनता मात्र प्रकट गरे । यम रिसले चुर भए । आफ्नो अपमान गरेको ठानी त्यसको बदला लिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा ब्रम्हाजीको सृष्टि उल्टा भयो भन्ने संदेश फैलाईदिए । उनले यो पनि हुकुम दिए कि जसले रतुवा पक्रेर हाजिरी गराउला उसका लागि म स्वयम चित्रपट प्रदान गर्ने छु र उ त्यहाँको राजा हुने छ ।
यो आवाज देवेन्द्रले सर्वप्रथम नेपाल मण्डलमा बजारिएको सुने । राजा हुने अभिलाषले हुकुम मुताविक मत्र्यमण्डलको नेपाल खण्डमा रतुवा ब्वाँसो खोज्न मानिसहरु आन्दोलनमा लागे । रतुवा कसरी चिन्ने ? आन्दोलनकारी कसैलाई थाहा थिएन । बरु सबैको ध्यय थियो अर्कोले चिन्यो भने वित्यास पर्छ । यमराजले भनेको रतुवा कस्तो थियो कसैलाई थाहा थिएनन् । खोज आन्दोलनकारीको एकजना कमाण्डरले अरुलाई अल्लु बनाउन त्यो रतुवाले गाई बाख्रा खादैन रे भनिदियो । उसको कुरा सुन्ना साथ सबैले आ–आफ्ना भएका जति सारा चौपाया दाम्लो काट्दै वनतिर लखेटे । घर घरमा आगो लागाईयो । दुला दुलामा छापा मारियो । जसले सक्छ उसले काटमार मच्चाए । जाई लाग्न नसक्नेहरु शोकाकुलमा डुबे । यो परिघटनाले गर्दा शान्त भूमि कोलहालमय बन्यो । तर रतुवा समातेर राजपट चलाउने सपना कसैको साकार भएन । बरु भएका घर र वस्तिहरु जलाईए । घरपालुवा चौपाया जनावरले जंगली जनावरको आक्रमणबाट मृत्युवरण गरे ।
उन्माद आन्दोलनमा हौसिएका मानिसहरुको मृत्युको खबरले यमलोकमा उमंग छायो । यमराज कालपास लिएर रमाउँदै रक्तविजको होलीमा सामेल भए । शान्त शहरमा कोलाहल मच्चिरह्यो । रतुवा खोज्ने भिडमा सबैले सबैको खोजी गरे तर रतुवा कस्तो थियो कसैले चिनेको थिएन । उन्मत्त शहरको हुल बढेर गाउँ र वस्ति पस्यो । जसले जे भेट्यो त्यसैलाई सखाप बनायो । खोजिको भिडमा भरिएको नेपालमण्डलको रक्तविजमा रमाउनु यमराजका लागि उर्वरभूमि बन्यो । यतिसम्म कि त्यो आन्दोलनको भेल रोकिने अवस्थामा पनि थिएन । कालरुपीआत्मा ब्रम्हाजीको भेषमा आउँदा समस्या होला भन्ने ठानेर उनले रतुवा ब्वाँसोको स्वरुपमा भेष धारण गरी स्वयम यमराजको नजिकै आएर हाजिर भए । उनलाई विश्वास थियो, यस पटक यमराजले पक्का चिन्ने छन् । यमराजले ति भेषधारी कालरुपीआत्मालाई चिन्नै सकेनन्, नत आन्दोलनको कुनै कमाण्डरले पहिचान गर्न सक्यो ।
आन्दोलनको कमाण्डर जसले त्यो व्यवस्थाको मर्म बुजेर सहि मार्गमा व्यवस्थापन गरेन भन्ने गुनासोे बढेको छ आज । ति नेपाली जसले आफ्नै सन्तानको आहुति दिए । रगतमा होली खेले । घर तिनकै उजाडियो । दाजुभाई तिनैलाई प्रयोग गराई मारियो अनि गुमाए आफन्त र सन्तान पनि । तिनका लागि अहिले दिईने उपहार भनेको उदारो विकासे रोजगारी अनि ढाड सेकिने गरी बोकाएको करको भारी बनेको छ । के अबको परिवर्तन यस्तै हो ? के अबको शासन नेपालीले चाहेको यहि हो ? यदि हैन भने पक्कै सच्याउने समय छ अझैपनि । जनमत हिजो क–कस्को कति थियो र के भयो ? ईतिहासले देखाएको छ । राजनीति उन्माद र उमंगले हैन संयमता विवेकसिलता र बुद्धिमत्त ढंगले गरिनु पर्दथ्यो । विदेश नीतिमा दलिय स्खलनता सहितको व्याख्या हैन हातेमालो र एकरुपता चाहिन्थ्यो अनि मात्र राज्यको शिर उँचो हुने हो । जनताको रगत पसिना बगाएर सिंचित गरेको करबाट उठेको आयामा पालिने अनाबस्यक पदहरु किन सिर्जना गर्ने ? नत्र हिजो कुनै कालखण्डको ईतिहास रहेको बाईसे र चौविसे राज्य भन्दा अहिलेको राज्यसंरचना के र कति कारणले फरक छ भनेर उठेको सवाललाई कसरी प्रस्ट्याउने । यदि हैन भने, नेपालीका लागि गाईबाख्रा नखाने रतुवा नामको ब्वाँसोको कथा जस्तै नबनोस् अहिलेको संघियता र त्यसले ल्याउने परिणामहरु ।
डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।
प्रतिकृयाः [email protected]