हङकङ विवादः ४ जनामाथि चक्कु प्रहार, १ जनाको कान लुछियो



१८ कार्तिक २०७६, काठमाडौं

हङकङमा आइतबार राजनीतिक विषयमा विवाद हुँदा एक व्यक्तिले चार जनामाथि चक्कु प्रहार गरेका छन्।

चक्कु प्रहारपछि ति व्यक्तिले एक मानिसको कान टोकेको एससीएमपीले जनाएको छ। उक्त घटनामा अन्य ६ जना घाइते भएका छन्। २ को अवस्था गम्भीर भएको हङकङ प्रहरीले जनायो।

आइतबार सरकार विरोधी प्रदर्शनकारीहरु प्रदर्शनका लागि टियाकोस्थित सपिङ मल अगाडि भेला भएका थिए। सोही समयमा चक्कु प्रहार गर्ने व्यक्ति र प्रदर्शनकारीबीच राजनीतिक विषयमा विवाद भएको थियो।

ति व्यक्तिले विवादपश्चात् प्रदर्शनकारीको भिडमा अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारको घटनापछि भिडले चक्कु प्रहार गर्ने व्यक्तिमाथि कुटपिट गरेका थिए।

उनी अहिले घाइते छन्। कुटपिटबाट ति व्यक्तिलाई बचाउन एक व्यक्तिले प्रयास गरेका थिए। भिडले उनलाई समेत पिटेका थिए। उनी पनि घाइते भएका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्