१९ कार्तिक २०७६, काठमाडौँ
अन्ततः नायिका आँचल शर्माले डा. उदिप श्रेष्ठसँगको प्रेम स्वीकारेकी छिन् । उनी उदिपसँग १ बर्षदेखि प्रेममा छिन् । उनले उदिप आफ्नो साथी मात्र भएको बताउँदै आएकी छिन् । अहिले भने उनले खुलेर नै आफ्नो प्रेम उदिपसँग भएको स्वीकारिन् ।
दर्शकले आँचल शर्मा र पल शाहको जोडीलाई असाध्यै रुचाएका थिए । अझ धेरै दर्शकलाई त आँचल र पल साच्चैँ नै एकअर्काको प्रेममा रहेको अनुभूति भएको थियो । हुन त पल र आँचलले एकअर्काबिच प्रेम भएको कुरा कहिल्यै बताएका थिएनन् । तर दर्शकको प्रिय जोडी बनिसकेका पल आँचल रियल जोडी नहुँदा भने केही दर्शकले दुखेसो पोखेका छन् ।
आँचलले आफ्नो यसै बर्षभित्र नै उदिपसँग विवाह गर्ने सोचमा रहेको बताएकी छिन् । दुई परिवार बिच सहमति समेत भैसकेको उनले बताएकी छिन् । अझ भनुम् एकअर्काको घरमा आवतजावत समेत गर्ने गरेको र उदिपको परिवारले आफूलाई निकै माया गर्ने गरेको आँचलले बताइन् ।