मुसहर समुदायका बालबालिकासँग खुसी मनाउँदै धुर्मुस–सुन्तली



२० कार्तिक २०७६, काठमाडौँ

चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस–सुन्तली बर्दिवासको मुसहर बस्तीमा सरसफाई कार्यक्रम लिएर पुगेका छन् । करौडौँ नेपालीको मनमुटुमा बस्न सफल भएका धुुर्मुस र सुन्तलीले सधैँ नै नेपाली जनताको हितको लागि काम गरिरहेका छन् ।

मुसहर बस्तीका बालबालिका धुर्मस र सुन्तलीलाई देखेर निकै खुसी भएका थिए । धुुर्मुस र सुन्तली पनि ती बच्चाहरुसँग रमाइरहेको तस्बिरमा देख्न सकिन्छ । यतिबेला उनीहरुले आफैँले निर्माण गरेको चलचित्र सेन्टि भाइरस र साथसाथै रंगशालाको काममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्