कुनै समयमा एकअर्कासँग बोल्दैनथे सलमान र आमिर



२० कार्तिक २०७६, काठमाडौँ

सलमान खान र आमिर खान दुवै बलिउडका स्टार हुन् । यी दुईको आफ्नो आफ्नो स्टारडम छ । फ्यान फलोइङको हिसाबले हेर्ने हो भने पनि दुवैले दर्शकबाट निकै नै माया पाएका छन् ।

यस्तै आमिर र सलमानले चलचित्र अन्दाज अपना अपना मा एकसाथ काम गरेका थिए । यो चलचित्र आजभन्दा २५ बर्ष अगाडी प्रदर्शनमा आएको थियो भने त्यसबेलाको सुपरहिट चलचित्र समेत बनेको थियो ।

यस्तै चलचित्रले २५ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रम राखिएको थियो । जहाँ चलचित्रकी नायिका रविना टन्डन उपस्थित थिइन् । उनले उक्त चलचित्रको छायांकनको समयमा आमिर र सलमान एकअर्कासँग नबोल्ने गरेको बताइन् ।

यस्तै उनले सोही बेला आफ्नो पनि नायिका करिश्मा कपुरसँग झगडा भएको बताइन् । तरपनि उक्त चलचित्रको छायांकन रमाइलोसँग भएको उनले खुलाइन् । अहिले भने आमिर र सलमानका एकअर्काका मिल्ने  साथी हुन् ।

प्रतिक्रिया दिनुहोस्