यी हुन् सलमानकी प्रेमिकाहरु, तर कोहीसँग भएन विवाह



२० कार्तिक २०७६, काठमाडौँ

बलिउड अभिनेता सलमान खान चलचित्रमा जति सफल छन् त्यति सफल आफ्नो प्रेम जीवनमा छैनन् । ५० बर्ष नाघिसकेका उनले अहिलेसम्म विवाह गरेका छैनन् । तर उनको अफेयर भने धेरै युवतीसँग भैसकेको छ ।

गीता बिजलानीबाट सुरु भएको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने छुट्टिने क्रम जारी नै छ। संगीता बिजलानी सलमानकी फस्ट प्रेमिका हुन् । त्यतिबेला सलमान भन्दा संगीता निकै चर्चामा थिइन् । संगीतासँग केही समयसम्म प्रेममा बसेपछि उनी सोमी अलीसँग नजिकिए । सोमी सलमानभन्दा निकै सानी थिइन् । तरपनि केहीसमयसम्म उनीहरु सँगै रहे ।

यस्तै सलमान र ऐश्वर्या कुनै समयमा एकअर्कालाई निकै नै माया गर्थे । सलमान र ऐश्वर्याको प्रेमबारे अनविज्ञ त कोहीपनि छैनन् होला । ऐश्वर्यासँग पनि लामो समयसम्म प्रेममा बसेपछि उनीहरुको ब्रेकअप भयो । सलमानले अहिलेसम्म विवाह नगर्नुको कारण ऐश्वर्यालाई नै मानिन्छ ।

यस्तै सलमान ऐश्वर्यापछि एक्लिएका थिए । त्यसैसमयमा उनको दिल कट्रिनामा गयो । कट्रिनासँग पनि लामो समयसम्म प्रेममा बसेपछि उनको ब्रेकअप भयो । अहिले फेरि उनी युलियासँग प्रेममा छन् । तर उनले यो सम्बन्धलाई स्वीकार भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्