आफ्नी कुमारी छोरीसँग बिहे गर्नेलाई ३ करोड इनाम दिदैँ बाबु



२१ कार्तिक २०७६, काठमाडौँ

थाइल्याण्डका एक धनाड्य व्यापारीले एउटा अनौठो घोषणा गरेका छन् । जसले अहिले सबैजना अचम्मित भएका छन् । अर्नोन राडथोंग नामक व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटालाई ३ करोड नगद दिने घोषणा गरेका छन् ।

उनकी छोरीमा केही कमी भएर उनले यस्तो घोषणा गरेका छैनन् । २६ बर्ष कटिसकेकी आफ्नी कुमारी छोरीको विवाहको चिन्ताका कारण ती व्यापारीले यस्तो सोच बनाएका हुन् । उनले छोरीसँग बिहे गर्ने केटामा केही गुणहरु भने हुन आवश्यक भएको बताएका छन्् ।

उनका अनुसार उनको छोरीले बिहे गर्ने केटा पढ्न लेख्न सक्ने, मेहेनती, लगनशील र फलफूललाई माया गर्ने खालको हुनुपर्छ । उनकी छोरीले अहिसेम्म बाबुलाई बिजनेशमा सघाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्