फेरि पक्राउ परे ‘लिलिबिली’ निर्माता गोविन्द शाही



२२ कार्तिक २०७६, काठमाडौँ

चलचित्र लिलिबिली का निर्माता गोविन्द शाही पुनः पक्राउ परेका छन् । केहीसमय अघि लिलिबिली को रिलिजको समयमा ‘लिलिबिली’ का निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले एक करोड रुपैयाँ हिनामिना गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई गएको दुई महिना अगाडि पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले फिल्म ‘लिलिबिली’ निर्माणको क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि निर्माता शाहीलाई बिहीबार पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । अदालतले पटक(पटक उपस्थिति हुन गरेको आदेश नमानेपछि जरुरी पक्राउ पूर्जी जारी गरेर उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्