२२ कार्तिक २०७६, काठमाडौँ
मलाइका अरोडा र अर्जुन कपुरको प्रेम बलिउडमा सधैँ नै चर्चामा रहन्छ । यी दुई लामो समयदेखि एकअर्काको प्रेममा छन् । अर्जुन र मलाइकाको विवाहको समाचार पनि बजारमा नआएका होइनन् । तर दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् ।
मलाइका आफ्नो र अर्जुनको विवाहबारे खुलासा गरेकी छिन् । मलाइकाले अर्जुन नै आफ्नो लागि परफेक्ट भएको बताइन् । उनले अर्जुन हरेक कुरामा अव्वल केटा भएको बताइन् । यस्तै मलाइका अर्जुन र आफ्नो विवाह क्रिस्चियन धर्म अनुसार हुने बताइन् ।
उनले विवाहमा आफ्ना नजिकका साथीलाई मात्र निम्तो दिने समेत बताइन् । उनले विवाहको मिति भने भन्न चाहिनन् ।