गो ब्याक इण्डिया : काठमाडौंमा नेविसंघको प्रदर्शन



२२ कात्तिक २०७६, काठमाडौं

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग अतिक्रमण गरिएको विरोधमा नेपाल विद्यार्थी संघ काठमाडौं र पशुपति बहुमुखी क्याम्पस इर्काईले चावहिलमा प्रदर्शन गरेको छ ।

भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेपछि सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनहरु सडकमा उत्रिएका हुन् ।

पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्