२३ कार्तिक २०७६, काठमाडौँ
भारतको राजस्थानमा एउटा डरलाग्दो घटना घटेको छ । भारतको राजस्थानमा बस्ने एक महिना डाक्टरले आफ्ना श्रीमानकी प्रेमिका र उनका ६ बर्षिया छोरालाई जलाएर हत्या गरेकी छिन् ।
सीमा गुप्ता नाम गरेकी डाक्टरले आफ्ना श्रीमानको अर्कै केटीसँग अफेयर भएकाले उनलाई र उनको छोरालाई जिउँदै जलाइदिएकी छिन् । सीमाका श्रीमान पनि पेशाले डाक्टर नै रहेछन् । दुवैले मिलेर एक क्लीनिक चलाएका थिए ।
सोही क्लीनिकमा काम गर्ने २५ बर्षिया दिपा गुर्जरसँग सीमाको पतिको अफेयर चलेको रहेछ । यो कुरा थाहा पाएपछि सीमाले दिपालाई कामबाट नै निकालिदिइन् । तरपनि उनका श्रीमान र दिपाको प्रेम छुटेन । अझ भनुम सीमाका श्रीमानले दिपालाई राख्नको लागि छुट्टै घरसमेत किनेका रहेछन् ।
सोही घरमा आफ्नी सासुलाई समेत लिएर गएकी डा. सीमा र युवतीबीच केहीबेर भनाभन भयो । भनाभनपछि उनी बाहिर निस्किइन् र साथमा लगेको प्रज्ज्वलनशील पदार्थ टेबलमा छर्किएर लाइटरले सल्काइदिइन् ।
हत्तपत्त बाहिर निस्केर उनले ढोकाको लक बन्द गरिदिइन् । युवतीका आमाछोरा जलेर मरे । यसैबीच स्थानीय प्रहरीले डा. सुदीप, डा. सीमा र सुदीपकी आमा सुलेखालाई पक्राउ गरेको छ ।