भारतीय सीमा अतिक्रमणबारे यायोक्खाको आपत्ति, मातृभाषाको पठनपाठन सुचारु गर्न माग



२४ कार्तिक २०७६, काठमाडौं

किरात राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुरले भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरी नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतको कदमप्रति आपत्ति जनाएको छ।

भारतको उक्त कदमप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भारतीय पक्षसँग छलफल गरी समस्याको निकास खोजेर उक्त भूमि फिर्ताको पहल गर्न सरकारसँग जोडदार माग गर्दै विज्ञप्ति जारी गरेको छ।

समितिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई देशको सीमा मिचिएको विरोधमा एक हुन अनुरोध गर्दै भारतीय दादागिरी र मिचाह प्रवृत्तिको घोर भर्त्सना गरेको संस्थाका सचिव जमिन राईले जानकारी दिए।

सीमा अतिक्रमणबारे संस्थाको विज्ञप्तिः

यसैबीच समितिले जारी गरेको अर्को विज्ञप्तिमा प्रदेश नं. १, पाँचथर जिल्लाको फाल्गुनन्द गाँउपालिकामा संचालित मातृभाषाको पठनपाठनलाई हालै अबरुद्द गरिएको घटना प्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली जनताद्वारा सम्पन्न ऐतिहांसिक जनआन्दोलन, जनसंघर्ष र बलिदानको गौरबपूर्ण इतिहासको उपलब्धीस्वरुप जारी नेपालको संविधान, २०७२ को धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मात्रृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने एवं संचालन गर्ने हक हुनेछ भनी नेपालका प्रत्येक भाषिक समूदायलाई आ–आफ्ना मातृभाषा संवर्द्धन र संरक्षण गर्न पाउने उद्धेश्यसहित मातृभाषामा शैक्षिक संस्था खोल्न र संचालन गर्न पाउने हक संविधानले नै प्रत्याभूत गरेको उल्लेख गर्दै विधानले प्रत्याभूत गरेका प्रावधानहरु प्रभावकारी कार्यान्वयन गर्ने अनिवार्य दायित्व सरकार र सरोकार पक्षको भएको हुँदा उक्त फाल्गुनन्द गाँउपालिकामा संचालित मातृभाषाको पठनपाठन कार्य पूर्ववत ढंगबाट सुचारु गर्न गराउन सम्बन्धित सबै सरोकार गम्भीर हुन समितिले माग गरेको छ ।

 

पठनपाठन सुचारु मागको संस्थाद्वारा जारी विज्ञप्तिः

 

प्रतिक्रिया दिनुहोस्