अनेरास्ववियूले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भन्यो, ‘नेपाली भूमीबाट तत्काल भारतीय सेना हटाईयोस्’



२३ कात्तिक २०७६, काठमाडौं

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा आन्दोलनरत अनेरास्ववियू केन्द्रिय कमिटीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली भूमीबाट तत्काल भारतीय सेना हटाउन माग गरेको छ ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ सहित अनेरास्ववियू केन्द्रिय कमिटीको टोलीले परराष्ट्र मन्त्रालय गई ज्ञापन पत्र बुझाएको हो ।

बुझाईएको ज्ञापन पत्रमा मुख्यगरी पाँच विषयहरु उठाईएका छन् । जसमा :

१) ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको अभिन्न भूभागको रुपमा रहेका लिम्पियाधुरा , कालापानी र लिपुलेक माथिको भारतीय दावीलाई खारेज गरी उच्चस्तरीय वार्ता, सम्वाद र कुटनैतिक तवरवाट सदाका लागि सिमा समस्या समाधान गरियोस् ।

२) भारतसँग विवादमा रहेका सन्धि, सिमा, व्यापार लगायतका विषय हल गर्न गठित एमिनेन्ट पर्सन्स ग्रुप (इपिजी)को प्रतिवेदनलाई दुवै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गर्ने वातावरण बनाई सम्पुर्ण समस्याको एकमुष्ट र एकीकृत समाधान गरियोस् ।

३) कतिपय ठाउँमा चीनसँग समेत सिमा विवाद रहेको देखिन आएकाले त्यसलाई कुटनीतिक पहल मार्फत अविलम्ब समाधान गरियोस् ।

४) नेपाली भूमीमा राखिएका भारतीय सेनाहरुलाई तत्काल फिर्ता गराउन कुटनीतिक पहलकदमी सुरु गरियोस् ।

५) सिमा समस्याको दीर्घकालिन समाधानको निम्ति वैज्ञानिक सिमांकन प्रणाली कायम गरियोस् र सिमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गरियोस् ।

अनेरास्ववियूले परराष्ट्रमन्त्रीलाई बुझाएको ज्ञापन पत्र

 

प्रतिक्रिया दिनुहोस्