२४ कार्तिक २०७६, काठमाडौं
प्रदेश नं १ का सांसदहरुलाई फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न तालिम दिइएको छ।
संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा विराटनगरमा १८ जना प्रदेशसभा सांसदहरुलाई तालिम दिइएको हो।
तालिममा सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे जानकारी दिइएको छ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारी पूर्वक गर्नुपर्ने बताए।
उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्ने बताउँदै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु नहुने बताए।
फाइल तस्वीर