२६ कार्तिक २०७६, काठमाडौँ
बलिउडकी सर्वाधिक लोकप्रिय गायिका लता मङ्गेशकर अस्पताल भर्ना भएकी छिन् । ९० बर्षिया लताको छातीमा इन्फेक्सन भएपछि अस्पताल भर्ना गरिएको हो ।
उनलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको हो । लताको अवस्था निकै गम्भिर रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।