२६ कार्तिक २०७६, काठमाडौं
चीनको एक बालसदनमा रसायन आक्रमण हुँदा ५१ बालबालिका घाइते भएका छन्।
सोमबार मध्यान्न २३ वर्षका एक युवाले युनान प्रान्तको केयुन शहरमा रहेको बालसदनमा रसायन आक्रमण गरेका समाचार संस्था सिन्ह्वाले जनाएको छ।
कङ थर भएका ती युवाले बालबालिकामाथि कस्टिक सोडा ‘सोडियम हाइड्रोअक्साइड’ छर्किएका थिए। घटनामा २ बालबालिका गम्भीर घाइते भएका छन्।
यतिबेला आक्रमणकारी युवा प्रहरी नियन्त्रणमा छन्। उनीमाथ अनुसन्धान भइरहेको छ।