अब जापानमा प्रदर्शन हुने पुष्प र साम्राज्ञीको ‘मारुनी’



२८ कार्तिक २०७६, काठमाडौँ

समिक्षात्मक रुपमा राम्रो साबित भएपनि व्यापारिक रुपमा त्यति सफल हुन नसकेको चलचित्र मारुनी अब जापानमा प्रदर्शन हुने भएको छ । चलचित्र मारुनी लाई समिक्षक र दर्शकले उत्कृष्ट चलचित्र भएको बताए । तर विडम्बना राम्रो प्रतिक्रिया पाउँदा पनि मारुनी ले सोचेजति सफलता भने पाउन सकेन ।

आउँदो नोभेम्बर ३० मा जापानको नागोयामा र डिसेम्बर ७ मा ओसाकामा मारुनी प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनको लागि अभिनेता पुष्प खड्का र चलचित्रकी निर्मात्री पुनम गौतम जापान जाने भएका छन् ।

मारुनी मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेबिका गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा साम्राज्ञीले ट्रान्सजेन्डर युवतीको भूमिका निभाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्