२८ कार्तिक २०७६, काठमाडौँ
नायिका आँचल शर्मा आजभोली आफ्नो प्रेमबारे खुलेर बोल्ने गर्छिन् । उनी १ बर्षदेखि डा.उदिप श्रेष्ठको प्रेममा छिन् । १ बर्षसम्म जसोतसो आफ्नो प्रेमलाई गुपचुप राखेकी आँचलले यसैबर्ष आफ्नो विवाह उदिपसँग हुने सम्भावना रहेको बताएकी छिन् ।
दुवैको परिवारमा कुरा भैसकेको छ । प्राप्त जानकारी अनुसार आँचल यसबर्षको फागुनमा विवाह गर्ने तयारीमा छिन् । उनले गते नै भने खुलाउन चाहिनन् ।
आँचललाई विवाहको लागि हतार गरेको भन्दै उनका फ्यानहरुले गुनासो समेत पोखिरहेका छन् । तर आँचल भने आफ्नो विवाह गर्ने सही उमेर नै भएर विवाह गर्न लागेको बताउँछिन् ।