छोरीलाई पारसको जवाफ, ‘सोनिका म जस्तै बाटो हराएकी केटी हो’



२९ कार्तिक २०७६, काठमाडौँ

पछिल्लो समयमा चर्चित युट्युबर सोनिका रोकाय पूर्व युवराज पारस शाहसँग नाम जोडिएका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा पारस र सोनिका प्रेममा रहेको खबर आइरहदाँ सोनिकाले यो कुराको खण्डन गरेकी छिन् ।

यस्तै सोनिकाले पारसको निकै प्रशंसा समेत गर्न भ्याएकी छिन् । उनले पारस मानिसहरुले सोचजति नराम्रो नभएको बताइन् । त्यतिमात्र नभएर सोनिकाले जसले पारसको संगत गर्छ, त्यो मान्छे बेष्ट बन्छ समेत भनेकी छिन् ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा हिमानीले पारसलाई डिभोर्स दिन लागेको खबर पनि आइरहेको छ । सोनिका भने पारसको हिमानी र छोराछोरीसँग कुरा भैरहेको बताउँछिन् । उनले भनिन् ‘ड्याडी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसले म जस्तै बाटो हराएकी केटी हो भनेर जवाफ दिएको म्यासेज मलाई नै देखाउनु भएको हो।’

प्रतिक्रिया दिनुहोस्