०१ मंसिर २०७६, काठमाडौं
भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
यूनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा बालुवाटारमा ओलीलाई भेटेका हुन्।
सचिन शुक्रबार राति नेपाल आएका थिए। सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्रधानमन्त्री ओली आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन्।
Pleased to meet with @sachin_rt, famous cricket player, and UNICEF goodwill ambassador today. He appreciated the efforts undertaken by Nepal for the promotion of the rights of the children and their welfare. pic.twitter.com/va9pENNVJd
— KP Sharma Oli (@PM_Nepal) November 17, 2019
‘उनले बालअधिकारको संरक्षण र उनीहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए।’ प्रम ओलीले लेखेका छन्।
यसअघि सचिनले शनिबार कीर्तिपुरस्थित टियू मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए।
टियू मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा यूनिसेफ नेपालले सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो।
तस्वीर श्रोतः प्रधानमन्त्रीको ट्वीटर