६१ बर्षको उमेरमा बुलेट बाइक चलाएर भाइरल भएकी आमा भन्छिन्, ‘मेरो बाइकको स्पिड अलि बढी नै हुन्छ’



०१ मंसिर २०७६, काठमाडौँ

सामाजिक सञ्जालमा केहीसमय अघि ६१ बर्षको उमेरमा बुलेट बाइक चलाएकी भाइरल भएकी आमा आफ्नो बाइकको स्पिड बढी भएको बताउँछिन् । मान्छेलाई केही कुरा गर्ने मनदेखि नै इच्छा छ भने उसले जसरी पनि त्यो काम गरेरै छोड्छ । यसको उदाहरणको रुपमा ६१ बर्षको उमेरमा पनि बाइक चलाएर हिड्ने आमालाई लिन सकिन्छ ।

अचम्मको कुरा त के छ भने उनी निकै लामो यात्रा गर्दापनि बाइक नै लान्छिन् । उनले बाइकमा नेपालका धेरै जिल्लाहरु घुमेर आइसकेकी छिन् । यस्तै ती आमाले आफ्नो बाइकको स्पिड धेरै नै हुने पनि बताउँछिन् । उनी आफूले बाइक चलाएको बेला कमैले मात्र आफूलाई जित्न सक्ने बताउँछिन् । उनले अब इन्डियासम्म बाइकमै यात्रा गर्ने सोच रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्