०२ कार्तिक २०७६, काठमाडौं
व्यस्त जीवनशैलीका कारण मानिसहरु राम्रोसँग आफ्नो निन्द्र पुर्याउन सकिरहेका हुँदैनन्। कतिपयः मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन्।
त्यस्तै कतिपयः व्यक्ति चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन्। प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ। निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोगले आक्रमण गर्दछ।
अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ। सुतेर २० मिनेट ढिलो उठ्दा तपाईँले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउन सक्नुहुन्छ।
अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ। अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन्। बढी सुत्दा शरिरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।
अलि बढी सुत्दा शरिरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन्। टन्न सुत्दा तपाईँले दिनमा कम्तीमा ३८५ क्यालोरी युक्त भोजन गर्न सक्नुहुन्छ।
अनि यसले गर्दा शरिरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ। नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ। तपाईँ पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुहोस्।