‘जर्सी’ मा साहिदसँग रोमान्स गर्दै मृणाल



०३ मंसिर २०७६, काठमाडौँ

कबिर सिंह को सफलतापछि बलिउडमा साहिद कपुरको डिमाण्ड निकै बढिरहेको छ । कबिर सिंह तामिल चलचित्र अर्जुन रेड्डी को हिन्दि रिमेक हो । यस्तै अब साहिद तामिल चलचित्र जर्सी को हिन्दि रिमेकमा देखिने भएका छन् ।

यो चलचित्रमा साहिद केहीसमय अघि नै फाइनल भएका थिए । तर साहिदकी नायिका भने फाइनल भएकी थिइनन् । अहिले निर्माण टिमले चलचित्रकी नायिका फाइनल गरेको छ । जर्सी मा साहिदको अपोजिटमा नायिका मृणाल ठाकुर देखिने भएकी छिन् ।

मृणाल सानो पर्दाबाट उदाएकी नायिका हुन् । उनले सुपर ३० र बटला हाउस जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । मृणाल जर्सी मा साहिदसँग काम गर्नको लागि निकै नै उत्साहित छिन् । उनले जर्सी आफूलाई मन परेको चलचित्र भएकाले पनि यसको हिन्दि रिमेकमा आफू अनुबन्धित भएकाले खुसी लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्