गाँउपाललिका अध्यक्ष केसीद्वारा हातेट्याक्टर वितरणः कृषक उत्साहित



०३ मंसिर २०७६, काठमाडौं

ओखलढुंगाको चम्पादेवी गाँउपाललिका अध्यक्ष नवराज केसीले कृषकहरुका लागि निःशुल्क हातेट्याक्टर वितरण गर्दा कृषक उत्साहित बनेका छन् ।

गाँउपाललिकाको वडा नं. ७ कोलचौर कृषक समूह, सिल्खु बेसी र पलापुलाई गाँउपालिका अध्यक्ष नबराज केसीले आधुनिक कृषिमा प्रोत्साहन गराउने उदेश्यले किसानहरुलाई निःशुल्क रुपमा हातेट्याक्टर वितरण गरेको बताएका छन् ।

अध्यक्ष केसीका अनुसार पालिका भित्रका बाँकी ७ वटै वडामा हातेट्याक्टर वितरण गरिनेछ । किसानहरुको विभिन्न बाली लगाउने सिजन भएका कारण समय अनुकुल पारेर ट्याक्टर वितरण गरिएको समेत उनले बताए । पालिकाले आधुनिक कृषिलाइ जोड दिने र किसानलाई कृषिमा आत्मानिर्भर बनाउने उदेश्यले विगतमा पनि हावापानी र माटोलाई सुवाउदो किसिमका तरकारी तथा फलफुलका विरुवाहरु समेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्