०४ मंसिर २०७६, काठमाडौँ
सेलिब्रेटीहरुले जे गरेपनि उनीहरु चर्चामा आउने गरेका छन् । फरक यत्ति हो कोही सेलिब्रेटीहरु अनावश्यक हर्कत गरेर चर्चामा आउन चाहन्छन् भने कोहीलाई चर्चाको आवश्यकता नै पर्दैन ।
यस्तै विश्वमा यस्ता केही सेलिब्रेटीहरु पनि छन् जसको अचम्मको हर्कत दर्शकले बुझ्न गाह्रो छ । विश्वमा यस्ता केही सेलिब्रेटिहरु छन् जसले आफ्नै पिसाब पिउने गरेका छन् । यो कुरा सुन्दा नै अचम्म लागेर आउँछ । आज हामी तिनै सेलिब्रेटिबारे चर्चा गर्नेछौँ ।
केशा
सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए ।
सारा मिल्स
सारा मिल्स इङ्गल्याण्डकी चर्चित नायिका हुन् । उनले एक अन्तवार्ता दिने क्रममा आफूले रोग प्रतिरोगी क्षमता बढाउनको लागि विगत ३० बर्षदेखि आफ्नै पिसाब खादैँ आएको बताएकी थिइन् ।
म्याडोना
म्याडोनाले पनि सामाजिक सञ्जालमा आफ्नै पिसाब खाइरहेको तस्बिर सेयर गरेकी थिइन् । त्यसबाहेक उनले खुट्टाको घाउ निको पार्न खुट्टामा आफू पिसाब समेत फेरेको बताएकी थिइन् ।
बियर ग्रिल्स
बियर ग्रिल्स ले पनि उनले आफैले चलाएको शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब खाइसकेका छन् ।