०४ मंसिर २०७६, काठमाडौँ
केहीसमय अघि बलिउडकी सदावहार चर्चित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था खराब भएका कारण उनलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको थिए । त्यसबेला लताको अवस्था गम्भिर अझ भनुम उनको निधन भएको समाचार समेत आएको थियो ।
तर ती सबै समाचार गलत भएको लताको परिवारले जानकारी दिइसकेको छ । यस्तै अहिले लताको स्वास्थ्यमा सुधार आएको उनको परिवारले बताएका छन् । लताको स्वास्थ्यमा समस्या आउँदा उनका शुभचिन्तक, घरपरिवार निकै आत्तिएको थियो । ९० बर्षिया लता अहिले पनि अलि ठिक भएकी छिन् ।