०४ मंसिर २०७६, काठमाडौं
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने जानकारी दिएका थिए।
‘मन्त्रिमण्डल पुनर्गठन गर्दैछु,’ मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘केही नयाँ साथी आउनुहुनेछ, कोही दोहोरिनु हुनेछ।’
प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठकमै मन्त्रिमण्डल हेरफेर गर्ने बताएपछि बुधबार मन्त्रीहरु मन्त्रालय गएका छैनन्। त्यसअघि मन्त्रीहरुले प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पुनर्गठनबारे जिज्ञासा राखेका थिए।
लामो समयदेखि चलेको पुनर्गठनको हल्लाले आफूहरुलाई नैतिक दबाब भएको उनीहरुको भनाइ थियो।
फाइल तस्वीर