दर्शकले रुचाएनन् भुवन केसीको ‘मिस्टर नेपाली’



०४ मंसिर २०७६, काठमाडौँ

भुवन केसी लामो समयपछि चलचित्र मिस्टर नेपाली मार्फत पर्दामा फर्किएका थिए । कुनै समय चलचित्र क्षेत्रमा एकछत्र राज गरेका भुवन अहिले पनि चलचित्र निर्माण र निर्देशन गर्नमा नै व्यस्त छन् ।

उनी लामो समयपछि पर्दामा फर्किएकाले धेरैले उनको कमब्याक दमदार हुने अनुमान लगाइरहेका थिए । तर परिणाम बिल्कुलै उल्टो निस्कियो । भुवन केसीको मुख्य भूमिका रहेको चलचित्र मिस्टर नेपाली बक्सअफिसमा नराम्रोसँग चिप्लियो ।

भुवनले चलचित्रमा दोहोरो भूमिका रुचाएका थिए । तर विडम्बना उनको कामको कत्तिपनि तारिफ भएन । उल्टो उनलाई यो चलचित्र पैसाको लागि मात्र खेलेको भन्ने आरोप लाग्यो । हुन त भुवनले चलचित्रको प्रचारप्रसारमा पनि त्यति चासो दिएका थिएनन् । त्यसैकारण पनि चलचित्रको व्यापारमा असर पुगेको हुनसक्छ । भुवन केसीको स्टारडम खच्किएको अनुमान पनि लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्