छोरी सोनमको विवाहपछिको परिवर्तनबारे प्रश्न गर्दा अनिनले भने : ‘विवाहपछि उनले खाना बनाउन थालेकी छिन्’



०५ मंसिर २०७६, काठमाडौँ

बलिउड सुपरस्टार अनिल कपुरले उनकी छोरी अर्थात बलिउडकी क्युट र चर्चित नायिका सोनम कपुरले विवाहपछि खाना पकाउन थालेको बताएका छन् ।

उनी छोरीले खाना पकाउन थालेकोमा खुसी पनि छन् । सोनम आजभोली इन्डियामा भन्दापनि धेरै लण्डनमा बस्ने गर्छिन् । उनका श्रीमान आनन्द अहुजा लण्डनमा बस्ने भएकाले सोनम उतै बस्ने गर्छिन् ।

अनिलले छोरीले बनाएको कुनैपनि परिकार आफूले नखाएको तर उनले मिठो खाना बनाउँछिन् भन्ने कुरा चाहिँ आफूले सुनेको बताएका छन् । साथै उनले छोरी आफ्नो श्रीमानसँग निकै खुसी भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्