बिकिनी अवतारमा स्वीमिङ पुलमा रमाउँदै ऋषि धमलाकी श्रीमती एलिजा



०५ मंसिर २०७६, काठमाडौँ

ऋषि धमलाकी पत्नी अर्थात नायिका एलिजा गौतम केही समयदेखि क्यानडामा छिन् । उनी छोरीको हातको उपचार गराउनको लागि र आफ्नो पढाइ पुरा गर्नको लागि क्यानडा गएकी हुन् । अहिले सामाजिक सञ्जालमा उनका तस्बिरहरु चर्चामा छिन् ।

उनले हालैमात्र केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जहाँ उनी स्वीमिङ पुलमा बिकिनीमा देखिएकी छिन् । क्यानडा त्यसै त चिसो ठाउँ झन् जाडोको सिजनमा उनले बिकिनी लगाएको हट तस्बिर सेयर गरिरहेकी छिन् ।

त्यसमाथि उनले क्याप्सनमा जिन्दगीलाई बुझ् नसकेको बताएकी छिन् । उनको तस्बिरमा उनका फ्यानले उनलाई राम्री देखिएको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्