विवाहकै दिन बेहुलाले बेहुलीमाथि गरे रड प्रहार, बेहुलीको अवस्था गम्भिर



०५ मंसिर २०७६, काठमाडौँ

हरेक मानिसलाई आफ्नो विवाहको दिन विशेष लाग्ने गर्छ । तर कसैलाई भने विवाहको दिन जिवनभर सम्झन नपाए हुन्थ्यो भन्ने पनि हुन्छ । यस्तै विवाहको दिन नै कहालीलाग्दो घटना एक बेहुलीको जीवनमा पनि घटेको छ ।

भारतको उत्तर प्रदेशको बागपतमा एक युवतीको विवाह भएको थियो । माइतीबाट उनलाई खुसी खुसी दुलाहाको घरमा पठाइएको थियो । बेहुली पनि खुसी थिइन् । तर विवाहको रात नै उनको जीवनमा यस्तो घटना घट्यो जसको कारण अहिले उनी अस्पतालमा छिन् ।

बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । यसका लागि उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सञ्चो नभएको जानकारी दिइयो । कोठामा उनकी बहिनी बेहोस भएर लडेकी थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् । त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने जवाफ दिए ।

बहिनीको अवस्था गम्भिर भएपछि दाजुले ज्वाईल नै बहिनीलाई सुहागरातको दिन केही गरेको अनुमान लगाए । नभन्दै एक अस्पतालमा गएपछि बैनीको उपचार गराउँदै गर्दा उनले यस्तो कुरा सुने जुन कुरा सुनेर उनको होस नै उड्यो ।

डाक्टरको भनाई अनुसार ती बेहुलीको गुप्ताङमा धारिलो रडले प्रहार गरिएको रहेछ । जसको असर उनको गर्भासयमा समेत पर्न गएको छ । आफ्नी श्रीमतीको त्यस्तो हालत बनाएर उनका श्रीमान फरार छन् भने प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्