०५ मंसिर २०७६, काठमाडौँ
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बचन ट्रोलको शिकार भएकी छिन् । केहीदिन अघिमात्र आराध्याले परिवारसँग आफ्नो ८ औँ जन्मदिन मनाएकी थिइन् ।
छोरीको जन्मदिनको खुसियालीमा बच्चन परिवारले ठूलो पार्टीको आयोजना गरेको थियो । जहाँ बलिउड सेलिब्रेटीहरु पनि उपस्थित थिए । उक्त पार्टी निकै प्राइभेट राखिएको थियो । तरपनि पार्टीका केही तस्बिर सामाजिक सञ्जालमा अपलोड भए ।
तस्बिरमा आराध्या निकै मेकअपमा देखिएकी थिइन् । जसको कारण उनी ट्रोलको शिकार हुन पुगिन् । धेरैले आराध्यालाई सानै उमेरदेखि नै अत्याधिक मेकअप गराइदिएको भन्दै फ्यानले गुनासो पोखिरहेका छन् । हुन त यो भन्दा पहिले पनि आराध्या र ऐश्वर्या धेरैपटक ट्रोलको शिकार भने बनिसकेका छन् ।