०५ मंसिर २०७६, काठमाडौँ
पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ । पाकिस्तानमा अहिले १ किलो टमाटरको भाउ ३०० रुपैँया पुगेको छ । जसका कारण मानिसहरुलाई टमाटर किन्न नै मुश्किल भैसकेको छ । त्यतिमात्र नभएर पाकिस्तानका मानिसले टमाटरलाई बहुमूल्य चिजसँग तुलना गर्न थालेका छन् ।
यस्तै पाकिस्तानकी एक बेहुलीले आफ्नो विवाहमा टमाटरको माला लगाएकी छिन् । ती युवतीले माला मात्र नभएर झुम्का लगायत अन्य गहना पनि टमाटरकै लगाएकी छिन् । ती युवतीले पाकिस्तानको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग गर्न आफूले टमाटारको माला लगाएर विवाह गरेको बताएकी छन्।
ती युवतीको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।