०६ मंसिर २०७६, काठमाडौँ
चर्चित युट्युबर सोनिका रोकायले करिब १ बर्ष पहिले आफू समलिंगी भएको बताएकी थिइन् । अहिले फेरि उनी आफैले यो कुरालाई नकारिरहेकी छिन् । सोनिकाले आफू समलिंगी नभएको बताएकी छिन् ।
उनले भनिन्, ‘मैले किन आफूलाई समलिंगी भने होला ? के मलाई मेरो विवाहको चिन्ता छैन र? के ममा घरबार बसाउने रहर नहोला’ ?
आफ्नो प्रश्नको जवाफ आफै दिदैँ सोनिकाले भनिन् जब छोरी मान्छे जवान हुदैँ जान्छन्, राम्री हुदैँ जान्छन्, तब उनीहरुलाई आक्रमण गर्ने को संख्या पनि बढ्दै जान्छ । मैले पनि आफ्नो सुरक्षा गर्नको लागि आफू समलिंगी भएको बताएकी थिए ।