युद्धग्रस्त सिरियामा फसेका बालबालिकालाई बेलायत फर्काइयो



०७ मंसिर २०७६, काठमाडौं

सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ।

सिरियामा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो। एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिश बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन्।

विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ। उनले ती बालबालिकाको गोपनीयताको अधिकारको सम्मा गरिनेसमेत बताएका छन्।

गत मार्चमा इस्लामिक स्टेट पराजित भएपछि त्यहाँ रहेका विदेशी त तिनीहरुका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेको बताइएको छ । फ्रान्स, डेनमार्क, नर्वे र काजकास्तानमा आइएसलाई सहयोग गर्न सिरिया पुगेका विदेशीहरु यसअघि नै आफनो देश फिर्ता भइसकेका छन्।

सेभ द चिल्ड्रेनका अनुसार अझै ६० जना बेलायती बालबालिका सिरियामै फसेका छन्। यसैबीच नेदरल्याण्ड्सको एक अदालतले ६० जना डच बालबालिका स्वदेश फर्काउन सिरिया सरकार बाध्य नहुने फैसला सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्