०८ मंसिर २०७६, काठमाडौँ
अजय देवगण र काजोल बलिउडका निकै लोकप्रिय जोडी हुन् । यी दुई बेला बेलामा चर्चामा आइरहन्छन् । काजोल र अजयले विवाह गरेको २० बर्ष पुगिसकेको छ । तर अहिले पनि दुवैमा उस्तै समझदारी र माया छ ।
काजोल र अजय एकअर्काको नकरात्मक र सकरात्मक दुवै कुरालाई स्वीकार गर्ने गर्छन् । यस्तै अजयले आफूलाई काजोलको एउटा बानी भने पटक्कै मन नपर्ने बताए ।
उनले काजोलको धेरै बोल्ने बानीले कहिलेकाहिँ दिक्क लाग्ने गरेको पनि बताए । तर अजयले काजोलले धेरै नबोल्दा उनको त्यहिँ बानीलाई निकै मिस गर्ने गरेको पनि बताए ।