१४ हजार भेडा बोकेको कार्गो समुन्द्रमा पल्टियो



०९ मंसिर २०७६, काठमाडौं

दक्षिणपूर्वी युरोपेली देश रोमानियामा १४ हजार भेडा बोकेको एक कार्गो जहाज समुन्द्रमा पल्टेको छ।

आइतबार बिहान उक्त कार्गो बिमान ‘ब्ल्याक सी’मा पल्टिँदा ३२ भेटामात्र उद्धार गर्न सकिएको बीबीसीले जनाएको छ।

अन्य सबै भेडाहरु डुबेर मरेको अनुमान गरिएको छ। जहाज पल्टँदा २२ जना सिरियाली नागरिक उक्त पानी जहाजमा थिए।

उनीहरु सबैको उद्धार गरिएको बताइएको छ। सोमबारदेखि फेरि भेडाहरुको खोजी कार्य गरिने जनाइएको छ।

पानी जहाज पल्टिनुको कारणबारे यतिबेला अनुसन्धान सुरु भएको छ। उक्त कार्गो पानी जहाज सन् १९८० मा निर्माण भएको थियो।

प्रतिक्रिया दिनुहोस्